www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी अपडेट : कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५३

पोखरा,
ताण्डव न्यूज ।

गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । केही दिन अघि पोखरा र नवलपरासीका दुई संक्रमितको मृत्यु भएसगैँ प्रदेशमा मृतकको संख्या ५३ पुगेको हो ।

नवलपरासी गैडाकोट –१२ का ८५ वर्षीय कोरोना संक्रमित पुरुषको असोज ३० गते निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

निधनको जानकारी ढिला गरि निर्देशनालयले पाएकाले गण्डकीमा मृतकको संख्या तलमाथि भएको निर्देशनालयले जनाएको छ । उनको चितवन मेडिकल कलेज, चितवनको प्रयोगशाबाट असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना सहित दम र निमोनियाको समस्या रहेको स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुखले जानकारी दिएका छन् ।

यस्तै पोखरा महानगरपालिका वडा ३ का ५६ वर्षीय महिलाको पनि कोरोना संक्रमणकै कारण असोज ३० गते मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनको पनि प्रतिवेदन गर्न छुटेको निर्देशनालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.