www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्रीलाई सासंद अधिकारीको पत्र, दशैं भत्ता एकमुष्ठ कोरोना कोषमा जम्मा गर्ने व्यवस्थाको माग

पोखरा ।

गण्डकी प्रदेशका सांसद खगराज अधिकारीले दशैं भत्ता कोरोना कोषमा जम्मा गर्न निर्देशन दिनको लागि प्रधानमन्त्रीलाई अनुरोध पत्र पेस गरेका छन् ।

Batas

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकीका सह इन्चार्ज समेत रहेका अधिकारीले कोरोनाको कारण देश विषम परिस्थितीबाट गुज्रेको बताउँदै संघीय सासंदहरुको भत्ता कोरोना कोषमा जम्मा गर्ने प्रबन्ध तथा निर्देशनको आग्रह गर्दै पत्र पेस गरेका हुन् ।

अधिकारीले नियम अनुसार प्राप्त आफ्नो भत्ता कोरोना कोषमा जम्मा गराइदिन संसदीय दललाई समेत आग्रह गरेका छन् ।

विषम् परिस्थितिका बेला भत्ता फिर्ता गर्ने, नलिने भन्दा पनि एकमुष्ठ रकम कोरोना कोषमा जम्मा गर्ने प्रबन्ध गर्नका लागि आफुले आग्रह गरेको अधिकारीले बताएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.