www.tandavnews.com
Fact ~ In search of truth

तनहुँका सांसद कृष्णकुमार श्रेष्ठले दशैँ भत्ता दिए मिर्गौलापीडितलाई

तनहुँ ।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले दशैँ भत्ता जिल्लाका मिर्गौलापीडितलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

संसद् सचिवालययले सांसदलाई उपलब्ध गराएको दशैँ खर्चबापतको ६४ हजार सांसद श्रेष्ठले व्यास नगरपालिकाका विभिन्न वडाका चार मिर्गौलापीडितलाई सहयोग गर्ने घोषणा गरेका हुन ।

Batas

उनको घोषणा अनुसार व्यास नगरपालिका–१ का अमृतबहादुर खत्री, व्यास नगरपालिका–४ का अब्दुल गफ्फार मियाँ, व्यास नगरपालिका–१२ का अनुप क्षेत्री र व्यास नगरपालिका–१४ का सन्तोष रानालाई १६÷१६ हजार सहयोग गरिनेछ ।

देशमा विषम् परिस्थिति र नागरिक समस्याग्रस्त भएको अवस्थामा दशैँ खर्चबापतको रकमको औचित्यका बारेमा धेरैतिरबाट आवाज उठेकाले उक्त रकम मिर्गौलापीडितलाई दिने सांसद श्रेष्ठले बताए।

सांसदका रुपमा निर्वाचित भएर शपथ ग्रहण गरेपश्चात् अहिलेसम्मको सबै महिनाको पारिश्रामिक तनहुँ जिल्लाका विभिन्न संघसंस्था र समुदायलाई क्रमशः उपलब्ध गराउँदै आएको स्मरण गराउँदै उनले भविष्यमा पनि उक्त सहयोगलाई निरन्तरता दिने घोषणा गरे।

‘अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण नागरिक आक्रान्त बनेका छन् । देश विषम परिस्थिति र नागरिक आर्थिक कठिनाइमा परेका बेला समस्याग्रस्त नागरिकलाई सहयोग गर्नु सबैको जिम्मेवारी हो’, उनले भने । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.