www.tandavnews.com
Fact ~ In search of truth

टिभिएसले विस्तार गर्‍यो एकैपटक १२ नयाँ शोरुम

पोखरा ।

टिभिएसले बडादशैंको विशेष अवसरमा एकै पटक १२ वटा नयाँ शोरुम विस्तार गरेको छ ।

टिभिएसको नेपालका लागि आधिकारीक वितरक जगदम्बा मोर्टस प्रालिले घटस्थापनाको साइतमा कार्तिक १ गते नयाँ शोरुमको विस्तार गरेको हो

Batas

प्रालीले काठमाडौंको महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्ज सहित बनेपा, नेपालगंज, कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । विस्तार भएका १२ शोरुमसँगै देशभर १३२ वटा शोरुम पुगेका छन् ।

नयाँ शोरुम विस्तार अवसरमा बोल्दै कम्पनीका भाइस प्रेसिडेन्ट दीपककुमार अग्रवालले नेपालको सबै स्थानमा टिभिएसको प्रोडक्ट पुगेको बताए । उनले भने, ‘‘आजबाट टिभिएसको थ्री एस सेल्स, सर्भिस, स्पेर्स पार्टस सहितका यी नयाँ शोरुम मार्फत नेपालको सबै स्थानमा टिभिएसको प्रोडक्ट पुगेको छ ।नेपालमा हरेक वर्गलाई उपयुक्त हुने १०० सीसीदेखि ३०० सीसी माथिका मोटरसाइकल र स्कुटरहरुको साथले हामी अझै नेपाली ग्राहकहरुको जीवनको अभिन्न अंग बन्नेमा विश्वस्त छु ।’

उनले थपे, ‘अब ‘एक घर एक टिभिएस’ मात्र होइन ‘एक व्यक्ति एक टिभिएस’ बनाउने लक्ष्यका साथ हामीलाई अगाडि बढ्नमा यी नयाँ शोरुमहरुले अझ मद्दत पूर्याउने छ’

अहिले टिभिएसले अपाचे सिरिज, स्टाइकर, रेडन लगायतका मोडल बिक्री गर्दै आउको छ भने एनटर्क, ज्यूपिटर र वीगो जस्ता स्कुटर विभिन्न भेरियन्टमा बिक्री गर्दै आएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.