www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो

२४ घण्टामा १८ संक्रमितको मृत्यु

पोखरा ।

नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ७९० जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ४० हजार सात सय ७८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । उनीहरु आइसोलेशनमा रहेका छन् ।

Batas

थपिएका संक्रमितसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको छ ।पछिल्लो २४ घण्टामा १५ हजार सात सय १४ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय ३५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ९४ हजार पाँच सय एक पुगेको छ ।

यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएको छ । यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।

अब यस्तै चार हजार चार सय ७० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.