www.tandavnews.com
Fact ~ In search of truth

‘पुलिस अफ दि मन्थ’ : असोज महिनाको उपाधि असई विशाल क्षेत्रीलाई

अर्जुन गाहा (सुशान्त),

पोखरा / ताण्डव न्यूज

जिल्ला प्रहरी कार्यालय कास्कीले हरेक महिना प्रदान गर्दै आएको उपाधि ‘पुलिस अफ दि मन्थ’ बाट जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरिक्षक विशाल थापा क्षेत्री पुरस्कृत भएका छन् ।

Batas

कास्की जिल्लामा कार्यरत ९ सय बढि प्रहरी कर्मचारीलाई पछि पार्दै उत्कृष्ट कार्यसम्पादन गरको भन्दै थापा क्षेत्री असोज महिनाको ‘पुलिस अफ दि मन्थ’ को उपाधिबाट पुरस्कृत बनेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा सोमबार आयोजित कार्यक्रम मार्फत थापा क्षेत्रीलाई कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक जिवन कुमार श्रेष्ठले नगद सहित सम्मानपत्रले पुरस्कृत गरे । सो अवसरमा बोल्दै एसपी श्रेष्ठले बधाई ज्ञापन गरे ।

उनले आगामी दिनमा समेत आफुले पाएको पुरस्कारको मर्यादालाई कायम गर्दै कर्तव्यनिष्ठ हुनुपर्ने धारणा राखे । एसपी श्रेष्ठले अन्य प्रहरी कर्मचारीलाई समेत उत्कृष्ट कार्यको अनुकरण गर्नुपर्ने बताउदै सबैलाई आ–आफ्नो क्षेत्रमा दत्तचित्त र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका थिए ।

उक्त कार्यक्रममका विच अन्य १३ प्रहरी अधिकृत, जुनियर अधिकृत तथा प्रहरी जवानहरुलाई नगद राशीद्वारा पुरस्कृत गरिएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.