www.tandavnews.com
Fact ~ In search of truth

लमजुङका चेपाङ समुदायमा दशैँका बेला खाने चामल समेत छैन

लमजुङ ।

लोपोन्मुख चेपाङ समुदाय बडादशैँ मनाउने चिन्तामा छ । बेँसीशहर नगरपालिका–११ चिती बरबोटको चेपाङ समुदायलाई दशैँ भित्रिसके पनि आम्दानीको कुनै स्रोत नभएकाले अर्थाभावमा दशैँका बेला खाने चामल समेत छैन ।

दश घर रहेको बरबोटका चेपाङलाई विगतमा वर्षेनी सहयोग आउने गरेको र त्यसकै भरमा दशैँ मनाउँदै आए पनि यस वर्ष दशैँको चौथौ दिनसम्म पनि कहीँकतैबाट केही सहयोग नआउँदा चेपाङ समुदायलाई सताउन थालेको नेपाल चेपाङ सङ्घ लमजुङ शाखाका पूर्वअध्यक्ष अमृता चेपाङले बताए।

Batas

उनले भने, विगतमा जस्तो दशैँ यस वर्ष कोभिड १९ का कारण नमनाए पनि खानाका लागि यहाँका अधिकांश चेपाङलाई दशैँमा चामलसमेत किन्ने पैसा छैन ।दशैँमा मीठोमसिनो खाएर हर्षउमङ्खका साथ मनाउनका लागि आर्थिक अभावका कारण अरुको भर पर्नुपर्दा र सहयोग अहिलेसम्म नआउँदा बालबच्चालाई नयाँ कपडा लाउन र एक छाक खानलाई समस्या भएको ५७ वर्षीय पूर्णबहादुर चेपाङले भने ।

तिनलाई गरी खानलाई खुर्सानी लगाउनेसमेत आफ्नो जमीन छैन । गाउँमा रहेका अन्य समुदायको जमीनमा अधियाँ गरेर खेती गर्नुपर्छ । वर्षभरि गरिएको खेतीबाट उब्जेको अन्नबाली आधीआधी गर्दा दुई महिनाबाहेक खान नपुग्ने उनको भनाइ छ ।

सत्चालीस वर्षीय तिलकबहादुर चेपाङले भने, गरीबलाई के दशैँ के चाडपर्व, सधैँ एकनाश भएको छ । जब÷जब चाडपर्वको बेला आउँछ अरुले नयाँ नयाँ लगाएको देख्दा हाम्रा छोराछोरीले हामीलाई पनि त्यस्तै कपडा ल्याइदिनुस् न बुबा भन्ने गर्छन् । त्यति बेला मलाई निकै नरमाइलो लाग्छ, अनि मन साह्रै रुन्छ ।

बरबोटका चेपाङ समुदायका १० घर र दोर्दी गाउँपालिका ९ भीरकुनामा चार घर गरी जिल्लामा १४ घरधुरी चेपाय छन् । चेपाङ समुदायले अन्य समुदायको खेतीपाती गर्दै जीविका चलाउँदै आएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.