www.tandavnews.com
Fact ~ In search of truth

२४ घण्टामा थपिए ३ हजार ९३ कोरोना संक्रमित

पोखरा ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका छन् ।

१३ हजार आठ सय ६१ जनाको नमुना परीक्षण गरिएकोमा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । देशमा योसँगै कोभिड–१९ (कोरोना भाइरस)का संक्रमितको संख्या एक लाख ३९ हजार एक सय २९ पुगेको छ ।

Batas

यस्तै २४ घण्टामा २ हजार १ सय आठ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९६ हजार ६ सय नौ पुगेको छ । मन्त्रालयको अनुसार गएको २४ घण्टामा आठ जनाको ज्यान गएको छ । यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या सात सय ६५ पुगेको मन्त्रालयले जनाएको छ

मन्त्रालयको अनुसार अब नेपालमा ४१ हजार सात सय ५५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार दुई सय २० जना क्वरेण्टीनमा रहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.