www.tandavnews.com
Fact ~ In search of truth

रुपन्देहीमा दुई संक्रमितको मृत्यु

रुपन्देही ।

रुपन्देहीमा कोरोना संक्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला र तिलोत्तमा नगरपालिका–२ मणिग्रामका पुरुषको मृत्यु भएको छ ।

मंगलबार कोरोना पुष्टि भएकी बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । मधुमेहबाट पीडित रहेकी ती महिलाको उपचारका क्रममा आज बिहान ५ः१५ बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए ।

Batas

यस्तै कोरोना संक्रमण भएर सात दिनदेखि होम आइसोलेशनमा बसेका तिलोत्तमाका नगरपालिका–२ मणिग्रामका ४७ वर्षीय एक पुरुषको पनि आज बिहान नै मृत्यु भएको छ ।

लामो समयदेखि श्वासप्रश्वास, उच्च रक्तचापको समस्या रहेका उनलाई आज बिहान स्वास्थ्यमा समस्या देखीएपछि उपचारका लागि क्रिमसन अस्पताल पु¥याइएको र उपचारका क्रममा मृत्यु भएको बताइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.