www.tandavnews.com
Fact ~ In search of truth

एकैदिन २६ संक्रमितको मृत्यु, थपिए ५ हजार ७४३ संक्रमित

पोखरा ।

नेपालमा आज एकै दिन ५ हजार ७४३ संक्रमित थपिएका छन् ।

यो सँगै देशमा कोभिड–१९ (कोरोना भाइरस) का संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २० हजार एक सय १८ जनाको नमुना परीक्षण गरिएकोमा बुधबार ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

Batas

गौतमले दिएको जानकारी अनुसार २४ घण्टामा २६ जनाको ज्यान गएको छ । यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९१ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गएको २४ घण्टामा २ हजार ९९६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ ।अब नेपालमा ४४ हजार ४७६ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ४ हजार ६५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.