www.tandavnews.com
Fact ~ In search of truth

‘पि सेभेन बार्बर’को लेकसाइड शाखा सञ्चालनमा

पोखरा
ताण्डव न्यूज ।

‘पि सेभेन र्बाबर सप एण्ड ट्रेनिङ सेन्टर’को ५औँ शाखा लेकसाइडको खहरे चोकमा सञ्चालनमा आएको छ । बुधबार एक कार्यक्रमका बिच ‘बार्बर सप’को उद्घाटन भएको हो ।

युवा व्यवसायी यादव गौतम र राजु बरालले रिबन काटेर संयुक्त उद्घाटन गरे । उद्घाटन गर्दै द्धयले पोखरामा अझैपनि व्यस्थित कपाल काट्ने स्थान न्यून रहेको बताउँदै ट्रेनिङ मार्फत उद्यमलाई पनि विस्तार गर्नमा सहयोग गरेकोमा पि सेभेन टिमलाई धन्यवाद दिए ।

Batas

‘पि सेभेन’ले कपाल मात्रै काट्दैन, कपाल काट्न पनि सिकाउँछ । ‘हामीले इच्छुक पुरुष तथा महिलालाई ट्रेनिङ पनि दिने गरेका छौँ । कपाल काट्ने दक्ष जनशक्तीको अझैपनि अभाव छ यहाँ । शत प्रतिशत रोजगारीको ग्यारेन्टी हुन्छ’ प्रोपाइटर कृष्ण भुजेलले भने ।

पोखराको बागलुङ बसपार्क, मालेपाटन, सिमलचौर र फिर्केमा पनि ‘पि सेभेन’ सञ्चालनमा छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.