www.tandavnews.com
Fact ~ In search of truth

पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा अब संक्रमितले उपचार खर्च आफै बेहोर्नुपर्ने

पोखरा,
ताण्डव न्यूज ।

अब कोरोना संक्रमितले सम्पूर्ण खर्च आफै बेहोर्नुपर्ने भन्दै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले सुचना जारी गरेको छ ।

Batas

नेपाल सरकार स्वास्थ्य नथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीले सम्पूर्ण खर्च बेहोर्नु पर्ने अस्पतालले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

जारी सुचनामा भनिएको छ , ‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत व्यक्तिहरु ( नेपाल सरकारले तोकेको लक्षित वर्ग बाहेक) ले मिति २०७७ कार्तिक ४ गते देखि लागु हुने गरी सम्पूर्ण खर्च बिरामी स्वंमले ब्होर्नुपर्ने जानकारी गराइन्छ । ’

साथै बिरामीहरुले खाजा खाना अस्पताल क्यान्टिनबाट खाने भएमा नगद धरौटी राख्नुपर्ने जनाइएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.