www.tandavnews.com
Fact ~ In search of truth

लमजुङमा करेण्ट लागेर २८ वर्षीय पुरुषको मृत्यु

लमजुङ ।

लमजुङ करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । राइनास नगरपालिका –९ मोहोरियाकोटका २८ वर्षीय रवीन्द्र पराजुलीको खम्बा गाड्ने क्रममा करेण्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार सोही वडामा सौर्यबत्तीका लागि नयाँ खम्बा गाड्ने क्रममा नाङ्गो तारमा छुन पुग्दा उनलाई करेण्ट लागेको थियो ।

Batas

उनलाई नगरपालिकाको सहोदर सामुदायिक अस्पतालमा उपचार गर्न लैजाँदा बाटामा नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ । शव परीक्षणका लागि बेँसीशहर नगरपालिका –८ स्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ ।

केही समयपछि परीक्षण गरेर परिवारलाई शव बुझाइने प्रहरीले जनाएको छ । बडादशैँका बेला गाउँले मिलेर चौतारानिर उज्यालो बनाउनका लागि सौर्यबत्ती राख्ने क्रममा करेण्ट लागेर उहाँको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.