www.tandavnews.com
Fact ~ In search of truth

मणिपाल, ग्रीनपास्चरका डाक्टर,नर्स र बिरामीसहित पोखरामा थपिए ६ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखराका विभिन्न अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ ।

Batas

पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालका १ र ग्रीन पास्चर अस्पतालका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

संक्रमित हुनेमा पोखरा महानगरपालिकाका ७० वर्षीय पुरुष मणिपाल अस्पताल पोखरामा कार्यरत चिकित्सक, ग्रीन पास्चर अस्पतालमा कार्यरत एक चिकित्सक र सोही अस्पतालमा कार्यरत २ जना स्टाफनर्श रहेका छन् । भने २ जना सोही अस्पतालमा उपचाररत बिरामी रहेका छन् ।

यस्तै बेनी जिल्ला अस्पतालमा कार्यरत २ जना स्टाफनर्स र मंगला गाउँपालिकाका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै बागलुङका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.