www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा कोरोना जित्नेको संख्या एक लाख नाघे

पोखरा ।

नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या एक लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार २१५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

Batas

यस्तै आज एकै दिन ३ हजार ६३७ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए । यो सँगै नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १५ हजार दुई सय ५५ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा २१ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८१२ पुगेको मन्त्रालयले जनाएको छ ।

अब नेपालमा ४४ हजार ८७७ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ३ हजार ७५१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.