www.tandavnews.com
Fact ~ In search of truth

आज बडादशैंको सातौँ दिन, घरघरमा फूलपाती भित्र्याईदैँ

काठमाडौं ।

आज(शुक्रबार) नेपालीहरुको महान चाड वडादशैंको सातौं दिन घरघरमा फूपाती भित्रयाईदै छ । आज हिन्दू धर्मावलम्बीहरुले परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् ।

नेपाल पञ्चाङग निर्णायक समितिले बिहान ७ बजेर २५ मिनेटमा तुलजा भवानीको यात्रा र तुलजा भवानीलाई स्थिरासनमा राख्न बिहान ८ बजेर ४३ मिनेटमा साइत रहेको जनाएपनि फूलपाती भित्र्याउन भने कुनै साइत नचाहिने जनाएको छ ।

Batas

सप्तमीका दिन घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राइन्छ ।

आजकै दिन हनुमानढोकास्थित दशैंघरमा पूजारीसहित फूलपाती ल्याउने र भित्रयाउने चलन छ ।फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका छ जना र त्यहाँबाट काठमाडौंको जमलसम्म छ जना ब्राह्मणले ल्याइंदै छ ।

कोरोना महामारीका कारण यस कार्यमा थोरै भन्दा थोरै जनशक्ति प्रयोग गरिने भएको छ ।

आज कालरात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । घटस्थापनाका दिनदेखि दशैं शुरु हुने भएपनि दशैंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि सुरु हुन्छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.