www.tandavnews.com
Fact ~ In search of truth

पोखराका ४ कोरोना संक्रमितको मृत्यु

प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्या ६३

पोखरा,
ताण्डव न्यूज ।

पोखराका ४ कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो मात्रै पोखराका विभिन्न वडाका ३ र अस्ति एक संक्रमित गरि ४ संक्रमितको कोरोनाबाट ज्यान गएको स्वाथ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १ का ४२ वर्षीय पुरुष रहेका छन् ।उनको अस्ति (कार्तिक ७ गते)शुक्रबार बेलुका पौने ८ बजे चरक मेमोरियलमा उपचारको क्रममा मृत्यु भएको थियो । उनमा कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोभिड –१९ को साथमा निमोनियाको समस्या रहेको जनाइएको छ ।

Batas

यस्तै पोखरा वडा नम्बर २२ का ६८ वर्षीय संक्रमित पुरुषको हिजो बिहान साढे ९ बजे गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । उनमा कार्तिक ६ गते कोरोना संक्रमण पुष्टि हुनुको साथै न्यूमोनियाको समस्या रहेको थियो ।

यस्तै अर्का मृतक पोखरा महानगरपालिका वडा नम्बर ३१ का ५८ वर्षीय पुरुष रहेका छन् । उनको हिजो दिउँसो ४ बजेर २५ मिनेट जाँदाको समयमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आई.सि.युमा उपचारको क्रममा मृत्यु भएको हो ।उनमा कोरोना, न्युमोनिया, उच्च रक्तचाप, मधुमेहको समस्इा रहेको थिाये । उनमा कार्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा महानगरपालिका वडा नम्बर १५ का ५२ वर्षीया कोरोना संक्रमित महिलाको हिजो राती १० बजेर २० मिनेटको समयमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको आई.सि.यु.मा उपचारको क्रममा निधन भएको थियो उनमा हिजो नै कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.