www.tandavnews.com
Fact ~ In search of truth

काेभिड अपडेट : ४५ हजार ५ सय ७२ एक्टिभ केस, १ लाख ११ हजार ६७० डिस्चार्ज

काठमाडौँ ।

पछिल्लो २४ घण्टामा दुई हजार ८५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बाह्र हजार ३११ नमूना परीक्षण गर्दा एक हजार ७८९ पुरुष र एक हजार ६७ महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ९०६ पुरुष र ६२९ महिला गरी एक हजार ५३५ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ५८ हजार ८० पुगेको छ । प्रदेश नं १ मा ५३९, प्रदेश नं २ मा ५९, वाग्मतीमा एक हजार ८४९, गण्डकीमा १७८, लुम्बिनीमा १४६, कर्णालीमा नौ र सुदूपश्चिम प्रदेशमा ७६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

Batas

पैँतालीस हजार ५७२ सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २७७ को सघन उपचार कक्ष र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बितेको २४ घण्टामा तीन हजार ३३६ कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या एक लाख ११ हजार ६७० पुगेको छ जुन कुल सङ्क्रमितको ७०.६ प्रतिशत हो ।

झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी –बर्दघाट सुस्तापूर्व), दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने मुस्ताङमा छैनन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८४७ पुगेको छ ।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.