www.tandavnews.com
Fact ~ In search of truth

‘जोडी’लाई यती एअरलाइन्सको दशैँ अफर

काठमाडौँ ।

यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ ।

एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली विजेतालाई विभिन्न आकर्षक उपहारको व्यवस्था गरिएको छ भने ‘लक्की ड्र’मार्फत् पहिलो हुने विजेताका एक जोडीलाई हिमालयन एयरलाइन्सको काठमाडौं-अबुधावी–काठमाडौँको दुईतर्फी फ्रि टिकट प्राप्त हुनेछ ।

Batas

दोस्रो विजेताका एक जोडीका लागि चितवनको कसरा होटलमा, तेस्रो विजेता एक जोडीका लागि काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा र चौथो विजेता एक जोडीका लागि नोम्याड होटलमा एकरात निःशुल्क बस्ने र खाने व्यवस्था गरिएको छ ।

आफ्नो २२ औँ वार्षिक उत्सव मनाउने क्रममा एयरलाइन्सले विभिन्न आकर्षक अफरहरु घोषणा गर्दे आएको एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.