www.tandavnews.com
Fact ~ In search of truth

हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

काठमाडौं ।

हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको गजुरेल आफैंले जानकारी दिएका छन् ।

Batas

यसअघि गजुरेलका दाजुलाई पनि संक्रमण देखिएको थियो । उनले दाजुलाई अस्पताल लैजाने–ल्याउने गरेका थिए । गत विहीबारदेखि सामान्य टाउको दुख्ने र ज्वरो आउने गरेको थियो । शनिबार ढाडको दुखाइ महसुस भएपछि उनले आइतबार पीसीआर टेष्ट गरेका थिए । सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

उनले आफूमा गाह्रो हुने खालका लक्षणहरु नदेखिएको र गत विहीबारदेखि नै आइसोलेसनमा रहेको बताएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.