www.tandavnews.com
Fact ~ In search of truth

कोरोना संक्रमणबाट पोखरा–१३ की ३६ वर्षीया महिलाको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा थप एक संक्रमितको उपचारको क्रममा ज्यान गएको छ ।

Batas

पोखरा महानगरपालिका वडा नम्बर १३ निवासी ३६ वर्षीय महिलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा गएराती ११ बजे मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक तथा सह. प्रा.डा अर्जुन आचार्यले जानकारी दिए ।

उनमा कार्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना, ब्लड प्रेसर र निमोनिया लगायतका समस्याहरु रहेको अस्पतालले जनाएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २० पुगेको छ ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.