www.tandavnews.com
Fact ~ In search of truth

नेपाल उद्योग वाणिज्य महासंघमा बाबुराम गिरीको उम्मेदवारी दर्ता

पोखरा ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ बार्षिक साधारण सभा तथा अधिवशनका लागि लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवं बरिष्ठ सल्लाहकार बाबुराम गिरीले गण्डकी प्रदेश केन्द्रिय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन ।

महासंघको मंसिर ११, १२ र १३ मा काठमाडौमा हुने ५४ औँ बार्षिक साधारण सभा तथा निर्वाचनका लागि गिरीले विहिबार लेखनाथ उद्योग वाणिज्य संघको सचिवालयबाट इमेल मार्फत आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

Batas

कोरोना भाईरसका कारण सवै जिल्ला तथा नगर उद्योग बाणिज्य संघबाट उम्मेदवारी दिन काठमाडौं नै जानु पर्ने बाध्यकारी अवस्थालाई मध्यनजर राख्दै निर्वाचन समितिले अनलाईनबाट नै उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएकाले सोही अनुसार गिरीले गण्डकी प्रदेश प्रतिनिधी पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.