www.tandavnews.com
Fact ~ In search of truth

पर्वत सदरमुकाम कुस्मा बजारमा आजराती देखि एक साता लकडाउन

पर्वत ।

पर्वतको सदरमुकाम कुस्मा बजारमा एक साताका लागि लकडाउन गरिने भएको छ।कोरोना भाइरस संक्रमण बढेपछि कुश्मा बजार एकसाताका लागि लकडाउन गर्ने निर्णय भएको हो ।

सदरमुकाममै होटल व्यवसाय गर्दै आएका एक व्यवसायीको कोरोना पोजेटिभ रहेको अवस्थामा उपचारको क्रममा मृत्यु भएपछि शुक्रबार राति १२ बजेदेखि लकडाउनको घोषणा गरिएको हो। बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति ९डिसिसिएमसी०को बैठकबाट कुस्मा नगरपालिको वडा नम्बर ४, ५, ६ र ७ मा लकडाउनको घोषणा गरिएको समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए।

Batas

‘कुस्मामा संक्रमण फैलिँदै गएपछि चिकित्सक र सरोकारवाला निकायका व्यक्तिसँग बसेको सिसिएमसीको बैठकले कात्तिक १४ राति १२ बजेदेखि कात्तिक २१ राति १२ बजेसम्म कुस्माका चार वटा वडामा लकडाउनको निर्णय गरिएको प्रजिअ रेग्मीले बताए । ‘वडाबाट सिफारिस भएर आएका काम गर्दा भिडभाड हुने भयो, वित्तीय संस्थामा पनि भीड नै छ। पसलहरूमा पनि जोखिम हुन सक्छ भनेर लकडाउन गर्ने निर्णय गरिएको हो’ उनले भने

बैठकमा सहभागी चिकित्सकहरूले लकडाउन गरिएमा संक्रमण फैलिए पनि त्यसको फैलने दर कम हुने बताएको र कुस्मा बजारमा संक्रमणको फैलने दर बढ्ने अवस्थामा रहेको अन्य सहभागीले पनि बताएकोले लकडाउनको नै निर्णय गरिएको प्रजिअ रेग्मीले बताए।

उनका अनुसार लकडाउनको अवधिमा बैंक तथा वित्तीय संस्था, तोकिएको वडाका वडा कार्यालयहरू, लगायत बन्द हुने छन् भने अत्यावश्यक सेवाका रूपमा लिइएका दैनिक उपभोग्य बस्तु बेच्ने किराना पसल, औषधि पसल, डेरी पसल, तरकारी पसल लगायत बन्द रहने छन्।

डिसिसिएमसीको बैठकले यातायात बन्द गराउने बारेमा भने कुनै पनि निर्णय गरेको छैन। मान्छेको भिडभाड हुने ठाउँबाट संक्रमणको जोखिम उच्च रहेको अवस्थामा बजारमा आन्तरिक संक्रमणको खतराबाट जोगिन लकडाउनको निर्णय गरिएको भए पनि यातायात भने आन्तरिक र अन्तर जिल्ला सबै पूर्ववत् रूपमा नै सञ्चालनमा रहने भएका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.