www.tandavnews.com
Fact ~ In search of truth

होम आईसोलेसनमा रहेका पोखराका एक र आई.सि.युमा उपचाररत एक संक्रमितको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

Batas

मृत्यु हुनेमा पोखराका एक र स्याङ्जाका एक संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । पोखरा महानगरपालिका –१५ का ८१ वर्षीय संक्रमितको आज बिहान होम आईसोलेसनमै मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनमा कार्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

अर्का मृतक संक्रमित स्याङ्जा वालिङ–५ का ७० वर्षीया महिला रहेका छन् । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आई.सि.युमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । उनमा कार्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

गण्डकी प्रदेशमा कोेरोना संक्रमणबाट ज्यान जानेको संख्या ७५ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.