www.tandavnews.com
Fact ~ In search of truth

पोखरा र नवलपरासीका गरि गण्डकीमा थप तीन संक्रमितको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप तीन संक्रमितको मृत्यु भएको छ । नवलपरासी र पोखराका गरि तीन संक्रमितको हिजो कार्तिक १५ गते शनिबार मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज जानकारी दिएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका –९ का ६२ वर्षीया महिला र नवलपरासी जिल्ला कावासोती –६ का ६७ वर्षीय पुरुष र सोही जिल्लाका ७७ वर्षीया महिला रहेको निर्देशनालयले जनाएको छ ।

Batas

पोखराको संंक्रमित महिलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा निधन भएको हो भने कावासोतीका संक्रमितहरुको होम आइसोलेशनमै रहँदा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

नवलपरासीका मृतक संक्रमितको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाहसंस्कार गरेको जनाइएको छ ।
हाल सम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७८ पुगेको छ ।

कास्कीमा हाल सम्म २६ संक्रमितले ज्यान गुमाएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.