www.tandavnews.com
Fact ~ In search of truth

विश्व हिन्दू परिषद नेपालको परिचयात्मक भेटघाट कार्यक्रम सम्पन्न

कास्की ।

विश्व हिन्दू परिषद नेपालको परिचयात्मक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । परिचयात्मक भेटघाट पोखराको तालचोक स्थित कृष्ण प्रणामी आश्रममा हिजो (शनिबार) भएको हो ।

उक्त भेटघाट कार्यक्रममा हिन्दू स्वयंसेवक संघ नेपालका सम्भाग संघचालक ऋषिराम , कास्की जिल्ला संघचालक डा कालु शर्मा, एकल विद्यालय गण्डकी प्रदेश एकल विद्यालय अभियानका प्रदेश अध्यक्ष ठाकुर बराल, कृष्ण प्रणामी आश्रम का पिठाधिश विष्णु वशिष्ठ लगायत परिषदका राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंह, स्थानीय पदाधिकारी, कार्यकर्ता, शुभचिन्तक एवं स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Batas

कार्यक्रममा विहिपका राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंहले नव आगन्तुक महानुभावहरु बिच संगठन परिचय सम्बन्धित बिषय राखेका थिए । परिचयात्मक कार्यक्रम पश्चात हिन्दूहरुको महान पर्व शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान सहित भजन कीर्तन एवं नृत्य प्रस्तुत गरिएको थियो ।

आश्रमका पिठाधिश बिष्णु बशिष्ठको मनतव्य पश्चात कार्यक्रम सम्पन्न भएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.