www.tandavnews.com
Fact ~ In search of truth

पोखराः पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा थप एक संक्रमितको उपचारको क्रममा मृत्य

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा थप एक संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आई.सि.युमा उपचाररत एक संक्रमितको आज बिहान ११ बजेर ५५ मिनेटको समयमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

Batas

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १७ निवासी ६० वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक तथा सह . प्रा.डा अर्जुन आचार्यले बताएका छन् ।

मृतक संक्रमितमा कोरोना संक्रमण, निमोनिया र मधुमेहलगायतको समस्या रहेको जनाइएको छ । हाल सम्म पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा संक्रमणका कारण २५ जनाको मृत्यु भएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान जानको संख्या ८० पुगेको छ । भने कास्कीमा मृतक संक्रमितको संख्या २८ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.