www.tandavnews.com
Fact ~ In search of truth

पर्यटन प्रर्वद्धनमा पर्वतीय संग्रहालयको महत्वपूर्ण भूमिका

पोखरा ।

पोखराको समग्र पर्यटन प्रवद्र्धनमा अन्तर्राष्ट्रिय पर्वतीय संग्राहालयको महत्वपूर्ण भूमिका रहेकामा आज यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

नेपाल पर्वतारोहण संघको ४७औँ स्थापना दिवसका अवसरमा पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित संग्राहालय परिसरमा आयोजित कार्यक्रममा वक्ताले पर्वतीय पर्यटनको अध्ययन अवलोकनका लागि संग्राहालय आकर्षक गन्तव्य बनेको बताएका हुन् ।

Batas

नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले प्राकृतिक सुन्दरताले युक्त पोखरामा संघद्वारा स्थापना गरी सञ्चालनमा आएको अन्तर्राष्ट्रिय पर्वतीय संग्राहालय छुटाउनै नहुने गन्तव्यका रुपमा विकास भएको बताए।

‘विश्वव्यापीरुपमा पैmलिएको कोरोना भाइरस (कोभिड–१९)को कारण चैत महिनादेखि नै संग्राहालय बन्द भएको छ’, उनले भने, ‘त्यसबाट संघलाई लाखौँ रुपैयाँ क्षति भएकोे हुनाले साथै कर्मचारी वर्गलाई परेको अप्ठेरोलाई सहज भएसँगै मूल्यांकन गरिने छ ।’

मुलुकका विभिन्न २७ वटा हिमचुचुरा र सङ्ग्रहालयको समेत व्यवस्थापन गर्दै आएको संघ यतिखेर ठूलो आर्थिक भार परेको उनको भनाइ छ । सो अवसरमा महासचिव गुरुङले संग्राहालय परिसरमा निर्माण गरिएको संघका पूर्वध्यक्षहरुको अर्धकदको सालिकमा माल्यार्पण, संघको झण्डोत्तोलन गर्नाका साथै सम्मीको बिरुवा रोपेका थिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्वतीय पर्यटनको विकासमा संघले महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै संग्राहालय पोखराको एउटा छुट्टै गहनाका रुपमा स्थापित भएको विचार व्यक्त गरे ।

संघका सदस्य हरि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पर्वतारोहण संघ अन्नपूर्ण शाखा गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त पौडेल, भावना भुर्तेलले संग्राहालयको गतिविधिका बारेमा प्रकाश पारेका थिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.