www.tandavnews.com
Fact ~ In search of truth

पछिल्लो २४ घण्टामा देशभर २३ संक्रमितको मृत्यु

काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा २३ संक्रमितले ज्यान गुमाएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भईरहँदा २३ जनाको भने मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । कोरोना संक्रमणबाट ज्यान जानेको संख्या हाल सम्म ९६० पुगेको छ । भने संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ ।

Batas

पछिल्लो २४ घण्टामा थप २२६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३४ हजार ८४२ पुगेको छ ।

२४ घण्टामा १३ हजार २३ जनाको पीसीआर गरिएको थियो । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.