www.tandavnews.com
Fact ~ In search of truth

संक्रमितका लागि १०४ शैय्यामा अक्सिजन पाइप जडान गर्दैछौँ : उपप्रमुख गुरुङ

पोखरा ।

कोभिड– १९ का कारण श्वासप्रश्वासमा समस्या देखिएका बिरामीको उपचारका लागि पोखरा महानगरपालिकाले दुई अस्पतालमा अक्सिजन पाइप जडान गर्ने भएको छ ।

पोखरामा दिनप्रतिदिन संक्रमितको संख्या बढेसँगै जटिल समस्या भएकाको सहज उपचारका लागि महानगरले पूर्वाधार र कर्मचारी व्यवस्थापनका लागि १९ लाख बजेट छुट्याएर काम अगाडि बढाएको महानगरमा उपप्रमुख मञ्जु गुरुङले जानकारी दिए । ‘हामीले तत्कालको विषम् अवस्थालाई ध्यान दिएर १०४ श्ययाका लागि अक्सिजन पाइप जडान गरेर सङ्क्रमितको उपचारका लागि प्रयास थालेका हौँ’, उनले भने । उपप्रमुख गुरुङका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७० शैय्या र लेखनाथस्थित संक्रामक रोग अस्पतालमा ३४ श्ययाका लागि अक्सिजन पाइप जडान गर्ने काम भइरहेको छ ।

Batas

उनले अक्सिजन पाइप जडानका लागि १० लाख र सो सञ्चालनका लागि आवश्यक दक्षजनशक्ति परिपूर्ति गर्न तत्काल नौ लाख गरी कूल १९ लाख बजेट विनियोजन गरिएको जानकारी दिए ।

प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले अक्सिजनपाइप जडानले कोरोना संक्रमितको उपचारमा सहज हुने बताए । उनले भने, ‘संक्रमितको संख्या बढिरहेको छ, उपचारका लागि आवश्यक पूर्वाधारको अभाव पनि उत्तिकै रहेको छ, कोरोनाका कारण श्वासप्रश्वासमा समस्या भएका बिरामीको तत्काल उपचारका लागि अक्सिजन पाइपले निकै सहज हुनेछ ।’ महानगरको सहयोगमा अहिले ७४ शैय्यामा अक्सिजन पाइप जडान गर्ने कार्य भइरहेको र यसै हप्ता तयार हुने पनि उनले बताए ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार ७४० पुगेको छ । तीमध्ये चार हजार ३३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ८० जनाको मृत्यु भइसकेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.