www.tandavnews.com
Fact ~ In search of truth

केसीको निधन शोकमा पोखरा महानगरपालिकामा विदा

पोखरा ।

उद्योगपति एवम् काँग्रेस नेता सूर्य बहादुर केसीको निधनको शोकमा पोखरा महानगरपालिकाले बिदा गरेको छ । केसीको निधनको शोकमा महानगरपालिकाले आफ्नो कार्यालय आज एक दिन बन्द गरेको महानगर प्रमुख मान बहादुर जि.सीले बताए ।

महानगरपालिकाले आज १ दिनका लागि महानगरका सबै वडा कार्यालयहरुमा पनि बिदा दिएको छ । केसीको आज सेतीनदीको शान्तिघाटमा अन्त्येष्टि भएको छ । केसीको गएराती साढे ११ बजे पोखरा ७ एयरपोर्ट स्थित आफ्नै निवासमा निधन भएको हो ।

Batas

केसी तत्कालीन पोखरा नगर पञ्चायतका प्रधानपञ्च समेत हुन् ।राप्रपाका पूर्व केन्द्रीय कोषाध्यक्ष समेत रहेका केसी गएको निर्वाचनमा नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.