www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशसभा सदस्य बिनोद केसीलाई कोरोना संक्रमण

पोखरा ।

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य विनोद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । रुघाखोकी र ज्वरोसहित कोरोनाको लक्षण देखिएपछि पिसीआर परीक्षणका लागि स्वाब दिएकामा मङ्गलबार साँझ आएको रिपोर्टअनुसार आफूलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेशसभा सदस्य केसीले बताए ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठलाई समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा परेका श्रेष्ठले आफूसहित आफ्नो परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

Batas

म्याग्दी निर्वाचन क्षेत्र (क) बाट निर्वाचित प्रदेशसभा सदस्य केसी र नेकपा सचिव श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरु कोरोना संक्रमित भएको जानकारी दिँदै आफ्नो सम्पर्कमा रहेकाहरुलाई सजगता र सतर्कता अपनाउन अनुरोध गरेका छन् । केसी र श्रेष्ठसहित म्याग्दीमा थप १४ जनामा कोरोना पुष्टि भएको छ । सबै जना कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।

सोमबार सङ्क्रमितको सम्पर्कमा रहेका ४६ जनाको पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । म्याग्दीमा हालसम्म जिल्लाबाटै स्वाब संकलन गरी पठाएकोमध्ये १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको बेनी नगरपालिका–७ का एक पुरुष, धवलागिरि गाउँपालिका–७ का एक पुरुष र रघुगङ्गा गाउँपालिका–२ घर भई काठमाडौँ बसोबास गर्ने एक पुरुष गरी तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । राससस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.