www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका ६९ सहित गण्डकीमा थपिए १०४ संक्रमित

पोखरा
ताण्डव न्यूज । 

गण्डकीमा आज अहिलेसम्म १ सय ४ संक्रमित थपिएका छन् । कास्कीका ६९ सहित प्रदेशका अन्य ७ जिल्लाका गरि १ सय ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीका ६९ जना, नवलपरासीका १८,स्याङ्जाका ६, तनहुँका ४, गोरखाका ३, लमजुङका २ र पर्वतका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा.लि, पोखरा , भरतपुर अस्पताल चितवन, चितवन मेडिकल कलेज चितवन र बि.पि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ८ हजार १ सय ४ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.