www.tandavnews.com
Fact ~ In search of truth

पोखराका ५ र तनहुँका १ गरि गण्डकीमा थप ६ संक्रमितको मृत्यु

पोखरा
ताण्डव न्यूज । 

गण्डकी प्रदेशमा पछिल्लो समय ६ संक्रमितको मृत्य भएको छ ।

हिजो (कार्तिक १८ गते ) र आज (कार्तिक १९) गते पोखराका छुट्टाछुट्टै अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

मृत्यु हुनेमा पोखराका ५ र तनहुँका एक संक्रमित रहेका छन् । निर्देशनालयको अनुसार पोखरा महानगरपालिका –३२ का ४२ वर्षीया कोरोना संक्रमित महिलाको गएराती पश्चिमाञ्चाल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनमा कार्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा निमोनिया, उच्च रक्तचाप, मृर्गौलाको समस्या लगायत रोग रहेको जनाइएको छ ।

यस्तै चरक ममोरियलमा उपचाररत पोखरा –२६ का ७३ वर्षीय संक्रमित पुरुषको आज बिहान मृत्यु भएको हो । उनमा कार्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने निमोनियाको समस्या पनि रहेको थियो ।

यस्तै आज बिहानै पोखरा महानगरपालिका –२५ का ५२ वर्षीय कोरोना संक्रमितको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा ज्यान गएको निर्देशनालयले जनाएको छ । उनमा पनि निमोनियाको समस्या रहेको थियो ।

यस्तै हिजो साँझ चरक ममोरियल अस्पतालमा उपचाररत एक संक्रमितको पनि मृत्यु भएको पुष्टि भएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका –१६ का ५९ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन ।

उता तनहुँका एक संक्रमितको आज पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ ब्यास नगरपालिका –४ का ७० वर्षीय पुरुष रहेका छन् । उनको चरक मेमोरियालमा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

यस्तै हिजो एक संक्रमित युवकको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १६ का २८ वर्षीय युवक रहेका छन् । उनमा कार्तिक १६ गते कोरोना पुष्टि भएको जनाइएको छ ।

यो सँगै गण्डकीमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ९३ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.