www.tandavnews.com
Fact ~ In search of truth

अपडेट : पोखरामा फेरि थपिए ४६ संक्रमित 

पोखरा 

ताण्डव न्यूज । 

पोखरामा फेरि ४६ संक्रमित थपिएका छन् ।

Batas

पोखराका विभिन्न वडाका गरि फेरि ४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । पछिल्लो समय गण्डकी प्रदेश अन्तर्गतका जिल्ला मध्य पोखरामा अधिकत्तम संक्रमित हुन थालेको छ ।

लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा.लि पोखरामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । यसअघि पोखराका ३६ , रुपा र मादी गाउँपालिकाका एक एक गरि कास्कीमा ३८ संक्रमित थपिएका थिए ।

यस्तै स्याङ्जाका २, पर्वतका १ र तनहुँका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ ।  यो सँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको  संख्या ८ हजार ६ सय ३६ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.