www.tandavnews.com
Fact ~ In search of truth

प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौं ।

नेपाली बजारमा आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला  एक हजारले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९७ हजार २०० मा कारोवार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला रु ९६ हजार २०० मा कारोवार भएको थियो ।

Batas

यस्तै तेजाबी सुन बिहीबार ९५ हजार ७०० मा कारोवार भएकोमा आज एक हजारले वृद्धि भई ९६ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदीको मूल्यमा पनि बिहीबारको तुलनामा प्रतितोला ४५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार २१० मा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार २५५ मा कारोवार भएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.