www.tandavnews.com
Fact ~ In search of truth

टान पश्चिमाञ्चलको नवनिर्वाचित कार्यसमितिको पदस्थापन

पोखरा ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलको १६ औं अधिवेशन तथा २७औँ साधारणसभाबाट निर्वाचित कार्यसमितिको आज पदस्थापन भएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई संस्थाका पूर्व अध्यक्ष एवम् निर्वाचन संयोजक डम्बर केसीले गोपनीयताको सपथ ग्रहण र प्रमाणपत्र वितरण गरेर पदस्थापन गराए । केसीले संस्थागत विकासमा एकजुट भएर सपथको मर्मअनुरुप काम गर्न नयाँ कार्यसमितिलाई आग्रह गरे ।

Batas

सो समारोहमा संस्थाका पूर्व अध्यक्ष टीकाराम सापकोटाले पर्यटन क्षेत्रमा टानको विशेष योगदान रहेको चर्चा गर्दै नयाँ नेतृत्वले कोरोना कहरबीच पदयात्रा पर्यटनलाई चलायमान बनाउन नवितम् सोचका साथ अघि बढ्नुपर्ने जिम्मेवारी थपिएको बताए ।

निर्वतमान अध्यक्ष हरि भुजेलले आफ्नो कार्यकाल सफल गराउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै पदयात्रा पर्यटनको विकास र प्रर्वद्धनमा नयाँ ऊर्जाका साथ लाग्न आग्रह गर्दैै नयाँ नेतृत्वलाई शुभकामना दिए ।

नवनिर्वाचित अध्यक्ष सुसिलराज पौडेलले विषम् परिस्थिति प्राप्त जिम्मेवारी एक चुनौती रहेको उल्लेख गर्दै आफ्नो नेतृत्वले टानको गरिमालाई थप उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे । उनले १५९ ट्रेकिङसम्बद्ध कम्पनी रहेको जनाउँदै व्यवसायबाट पलायन हुनबाट जोगाउने दायित्वसमेत टानको रहेको उल्लेख गरे । सो अधिवेशनबाट प्रथम उपाध्यक्षमा धर्मराज पन्थी, द्वितीय उपाध्यक्ष कृष्ण आचार्य विजयी भएका छन् ।

त्यसैगरी सचिवमा मिलन तिवारी, कोषाध्यक्षमा किसमकुमारी गुरुङ र सहसचिवमा रेशम अधिकारी निर्वाचित भएका छन् । सदस्यमा दीपक सापकोटा, अनिल थापा, मोहन सुवेदी, गोपाल संग्रौला, लक्ष्मी कोइराला र विकास गुरुङ निर्वाचित भएका थिए । दुई सदस्य पछि मनोनित गरिने नवनिर्वाचित सचिव तिवारीले जानकारी दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.