www.tandavnews.com
Fact ~ In search of truth

ट्राफिक सचेतना : नमस्कार ! ‘१ मिनेट लिउँ है’

अर्जुन गाहा (सुशान्त),
पोखरा/ ताण्डव न्यूज ।

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले आज (आईतबार) देखी प्रदेशका ११ जिल्लाभर ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत ‘चालकसँग १ मिनेट कार्यक्रम’ थालेको छ ।

कोरोना भाईरसको बढ्दो जोखिम न्यूनीकरण तथा सवारी दुर्घटनालाई सुन्यमा झार्ने उद्देश्य सहित गण्डकी प्रदेशका ५३ ट्राफिक प्रहरी चेक पोष्टमा एकसाथ सचेतना कार्यक्रम सुरु गरेको हो ।

Batas

‘यो कार्यक्रम निरन्तर १ महिनासम्म संचालन हुनेछ, गण्डकी ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक प्रभु प्रसाद ढकालले ताण्डव न्यजसँग भने, ‘यसको मुख्य उद्देश्य भनेको सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने र सुन्यमै झार्ने हो । ट्राफिक प्रहरी सडकमा आईसकेपछि चालकलाई रोक्छौ र सम्मानपुर्वक नमस्कार गर्छाै । ओभरस्पिड नगरिदिनुहोला, सामाजिक दुरी कायम गरिदिनुहोला, मास्क लगाईदिनुहोला, सिटवेल्ट अनिवार्य लगाउनुहोला तथा मापसे गरि सवारी नचलाईदिनुहोला भन्ने किसिमका सचेतामुलक कुराहरु हामी भन्छौ ।’

एसपी ढकालले उक्त कार्यक्रम एक महिनासम्म निरन्तर सञ्चालन हुने बताउदै सोको प्रभावबारे मुल्याङ्कन गरि अगाडी बढ्ने बताए । ‘यसको प्रभाव हेरेर हामी यही कार्यक्रमलाई निरन्तरता दिने या मोडालिटी परिवर्तन गर्ने भन्ने बारे छलफल गर्छाै ।’ उनले भने ।

एसपी ढकालले सवारी दुर्घटनाका उपायहरु सँगै मुलुकमा फैलिरहेको कोरोना भाईरसको जोखिम न्यूनीकरणको लागि आधारभुत स्वास्थ्य सुरक्षाको बारेमा समेत सचेताना दिईएको बताए । ‘कोरोना भाईरसको संक्रमणबाट आफु बचौ र अरुलाई पनि बचाऔ भन्ने सन्देशलाई पनि यो कायक्रमसँगै जाओस भनेर एउटा बुदाँ ‘सामाजिक दुरी कायम सँगै मास्कको प्रयोग गरौ’ भन्ने कुरालाई पनि समावेश गरेका छौ ।’

फरक प्रसंगमा एसपी ढकालले बोल्दै ट्राफिक प्रहरीको सडकमा हुने व्यवहार नागरिक र चालकमैत्री हुनुपर्ने उल्लेख गरे । ‘ट्राफिक प्रहरीको सडकमा प्रदर्शित हुने व्यवहार चालकमैत्री रहोस, सभ्य रहोस, सुसंस्कृत रहोस । हामी पनि नरम व्यक्ति हौ र मिठो बोल्न जानेका छौ भन्ने हिसाबको म्यासेज जाओस, उनले भने, ‘यसकै लागि हामीले नमस्ते अभियान सुरु गर्याै । त्यसको भित्रि उद्देश्य भनेको हामी रुखो बोल्दैनौ तर कसैलाई गाली गर्दैनौ तर कानुनी कारवाही गर्ने कुरामा चाँही हामी कडा गर्छाै ।’ उनले कहिकतै ट्राफिक प्रहरीहरुले अनावश्यक रुपमा रुखो बोलेका र चाकलमैत्री व्यवहार नगरेमा प्रदेश ट्राफिक प्रहरीमा गुनासो गर्न समेत सुझाएका थिए ।

यता एक ट्याक्सी चालक बुद्ध गुरुङले ट्राफिक प्रहरीले सस्तो लोकप्रियताको लागि उक्त कार्यक्रम ल्याएको टिप्पणी गरे । ‘खास यो टेम्प्रोररी जस्तो छ, उनले भने, ‘नियमित रुपमा गरेको भए राम्रो हुन्थ्यो । कारवाही गर्ने बेलामा पनि यस्तै व्यवहार गरे हुने खाली यो उनीहरु हाईलाईट हुनको लागी मात्रै गरे जस्तो लाग्छ ।’

उनले कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीको कार्यक्रमसँगै नागरिक नै सचेत हुनुपर्ने गुरुङले बताए । ‘हुन त सचेता दिन चाँही राम्रै हो, उनले भने, ‘तर कोरोनाको लागि यीनले रोकेर हुनेवाला केही छैन आम नागरिक नै सचेत हुनुपर्छ ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.