www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा चितुवा आतंक, स्थानीयवासी त्रसित

तनहुँ ।

तनहुँको बन्दीपुर गाउँपालिका–६ डाँडाछापमा चितुवाको आतंकले स्थानीयवासी त्रसित भएका छन् ।

चितुवाले घरछेउमै आएर गोठमा बाँधिराखेको खसीबोकालाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका हुन् । शनिबार राति स्थानीयवासी गणेशबहादुर गुरुङको खोरमा चितुवाले पाँच वटा खसीबोकालाई आक्रमण गरेको छ ।

Batas

स्थानीयवासी सुरेन्द्र गुरुङका अनुसार चितुवाको आक्रमणबाट पाँच वटा खसीबोका मरेको छ ।‘घरमै आएर चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्,’उनले भने

वडाध्यक्ष सन्तबहादुर गुरुङले बन्दीपुरमा चितुवाको आतंक रहेकाले स्थानीयवासी त्रसित रहेको जानकारी दिए । ‘शनिबार रातिको घटना विवरण चाँही मसँग आइपुगेको छैन,’ उनले भने, ‘चितुवाको आतंक भने छ ।’ उनका अनुसार केही समय अगाडि भने स्थानीयवासीले पालेका खसीबोकालाई चितुवाले आक्रमण गरी मारेको थियो ।

जिल्लाका विभिन्न ठाउँमा चितुवाको आतंक छ । भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिका समेत ज्यान गुमाएका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.