www.tandavnews.com
Fact ~ In search of truth

कास्की प्रशासनको सूचना : ‘तिहारमा भिडभाड र देउसी भैलो आयोजना नगर्नु’

पोखरा,
ताण्डव न्यूज ।

यस वर्ष तिहारमा कास्कीमा देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालय कास्कीले सुचना जारी गरको छ ।

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको जोखिम दिनदिनै बढिरहेको बेला चाड पर्वको नाममा देउसी भैलो जस्ता कार्यक्रम आयोजना नर्गन नगराउन र भिड भाडजन्य गतिविधि नर्गन प्रशासनले सुचनामार्फत आग्रह गरेको छ ।

Batas

अधिक आवागमन तथा भिडभाडजन्य गतिविधिहरुले संक्रमणको जोखिन थप जटिल हुने बताउँदै आफु रहेकै स्थानमा आफ्ना घरपरिवारका सदस्यहरुसँग मात्र सीमित रही तिहार, छठ लगायतका पर्व मनाउन प्रशासनले अपिल गरेको छ ।

प्रशासनले जारी गरेको सुचनामा भनिएको छ , ‘ देउसी भैलो कार्यक्रमको आयोजना नर्गनु हुन्, जिल्ला भित्र कुनै प्रकारका मेला , महोत्सव तथा व्यापारिक केन्द्रहरुमा भिडभाड नगर्नु नगराउनुहुन, आतसबाजी , पटाका झिरझिरे, भुईचम्पा लगायतका विस्फोटजन्य पदार्थहरुको ओसारपसार, बिक्री वितरण एवम् प्रयोग नगर्न, नगराउन अनुरोध छ ।’

कोभिड –१९ संक्रमणको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले तोकेको सामाजिक भौतिक दुरी कायम गर्ने ,अनिवार्य रुपमा माक्स लगाउने, नियमित रुपमा साबुन पानीले पटकपटक हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने जस्ता स्वास्थ्य तथा सुरुक्षा सम्बन्धी मापदण्डहरुको पूर्णरुपमा पालना गर्न गराउन सुचनामा उल्लेख गरिएको छ ।

प्रशासनले जारीको गरेको सुचनाको अवज्ञा/अटेर गरे संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.