www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जा पुतलीबजारका प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकालको निधन

पोखरा ।

स्याङ्जा पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकालको निधन भएको छ । ढकालको भक्तपुर स्थित भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको जनाइएको छ ।

५१ वर्षीय ढकाल लामो समय देखी ब्लड क्यान्सर रोगबाट ग्रसित रहेका थिए।

Batas

प्रमुख प्रशासकीय अधिकृत ढकालको निधनमा पुतलीबजार नगरपालिकाले शोक विज्ञप्ति जारी गर्दै नगरपालिका र नेपालको निजामती क्षेत्रले एक कुशल र उच्च प्रशासनिक क्षमता भएको व्यक्ति गुमाउनु परेको उल्लेख गरेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.