www.tandavnews.com
Fact ~ In search of truth

२८६ एम्पुल लागूऔषधसहित तनहुँमा ३ युवक पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

तनहुँमा लागूऔषधसहित ३ युवक पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको प्रहरी टोलिले २ सय ८६ एम्पुल विभिन्न लागू औषधसहित ३ जनालाई हिजो पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

प्रकाउ पर्नेमा तनहुँ व्यास नगरपालिका–४ का २१ वर्षीय सन्तोष गुरुङ, गोरखा जिल्ला आरुपोखरीथोक घर भई शुक्लागण्डकी नगरपालिका–२ हलेदी बस्ने ३० वर्षीय रवि गुरुङ र शुक्लागण्डकी नगरपालिका –५ का ३० वर्षीय मनोज क्षेत्री रहेको प्रहरीले जनाएको छ ।उनीहरु शुक्लागण्डकी नगरपालिका –४ कोत्रेबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले लागूऔषध डाईजापाम- १०४ एम्पुल, नुफिन-८९ एम्पुल र फेनरागन-९३ एम्पुल गरि जम्मा २८६ एम्पुल लागूऔषध फेला पारि बरामद गरेको छ । पक्राउ परेका उनिहरुको साथबाट पक्राउ परेका सबैजना उपर लागूऔषध अन्तर्गत मुद्धा दर्ता गरि घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.