www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका ८३ सहित गण्डकीमा एकै पटक थपिए १०३ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा एकैपटक १ सय ३ संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशमा ३ जिल्ला कास्की, बागलुङ र तनहुँका गरि प्रदेशमा १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । पछिल्लो समय गण्डकी प्रदेशका जिल्लामध्ये प्रदेशको राजधानी पोखरा कोरोनाको हटस्पट बन्दै आइरहेको छ ।

Batas

थपिएका संक्रमित मध्ये कास्की जिल्लाका मात्रै ८३ जना रहेका छन् । निर्देशनालयले दिएको जानकारी अनसार बागलुङका १९ र तनहुँका १ जनामा पनि संक्रमण देखा परेको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ६ सय २४ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.