www.tandavnews.com
Fact ~ In search of truth

अपडेट : कास्की रुपा गाउँपालिकाका ७२ वर्षीय संक्रमितको उपचारको क्रममा मृत्यु

पोखरामा फेरि ६२ संक्रमित थपिए

पोखरा,
ताण्डव न्यूज ।

कास्की जिल्लामा थप एक संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्की रुपा गाउँपालिका ५ का ७२ वर्षीय संक्रमित पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनको आज बिहान साढे ८ बजे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Batas

उनमा कार्तिक २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै उनमा निमोनिया, ब्लड प्रेसर र मृगौलासम्बन्धी समस्या रहेको थियो । कास्कीमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५० पुगेको छ ।

यस्तै पोखरामा फेरि ६२ संक्रमित थपिएका छन् । पोखराका विभिन्न वडाका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकीमा भने फेरि ७९ जना संक्रमित थपिएका छन् ।

यस अघि पोखराका मात्रै ८३ सहित प्रदेशमा १ सय ३ संक्रमित थपिएका थिए । यो सँगै अहिले सम्म १ सय ८२ संक्रमित थपिएका छन् ।यो सँगै आज अहिले सम्म १ सय ८२ संक्रमित थपिएका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ७ सय ३ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.