www.tandavnews.com
Fact ~ In search of truth

‘सञ्चार क्षेत्र बलियो भएमा लोकतन्त्र बलियो’

पोखरा ।

गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक मायानाथ अधिकारीले सञ्चार क्षेत्र बलियो भएमा मात्र लोकतन्त्र बलियो हुने बताएका छन् ।

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासङ्घ, लमजुङ शाखाको समन्वयमा आज बेँसीशहरमा आयोजित पत्रकार आचांरसहिता र कोभिड–१९ले मिडियामा पारेको प्रभावबारे आयोजित अन्तरक्रियामा उनले लोकतन्त्र ल्याउन मिडिया र नागरिक समाजको पनि भूमिका रहेको स्मरण गरे ।

Batas

काउन्सिलका बोर्ड सदस्य दुर्गा भण्डारीले मिडिया काउन्सिल बोर्ड बनाएर सबै संचारमाध्यमलाई समेटेर लैजानुपर्ने बताउँदै कोभिड–१९ पछि श्रमजीवी पत्रकारलाई दिइएका हैरानीबारे राज्य र सम्बन्धित निकायले अनुगमन गर्दै आएको जनाए ।

कार्यक्रममा सहभागी पत्रकारले कोरोनाको संक्रमणको जोखिमका साथै जागिर गुम्ने जोखिम, संचारमाध्यम टिकाउन मुस्किल परेको स्थितिमा काउन्सिलले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.