www.tandavnews.com
Fact ~ In search of truth

चुरोटको निहुँमा हत्या गरेर फरार भएका ‘प्रेम’ भनिने नन्दलाल श्रेष्ठ पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

चुरोटको निहुँमा हत्या गरेर फरार भएका एक आरोपित पक्राउ परेका छन् ।

प्रकाउ पर्नेमा जिल्ला सिन्धुली सुनकोशी गाउँपालिका वडा नम्बर १ कुशेश्वर दुम्जा घर भई हाल पोखरा –६ बसुन्धरापार्क बस्ने प्रेम भनिने नन्दलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

कार्तिक २२ गते दाङ घोराही घरभई जिल्ला पोखरा –६ बसुन्धारापार्कमा बसी कवाडीको सामान उठाउने अन्दाजी २४/२५ वर्षका कृष्ण चौधरीलाई कुटपिटबाट घाईते बनाई नन्दलाल फरार भएको जनाइएको छ । चौधरीको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएपश्चात नन्दलाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई कार्तिक २५ गते हिजो तनहुँ आबुखैरनी नगरपालिका वडा नम् २ माक्र्यु सडक खण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कार्तिक २२ गते मृतक चौधरी र नन्दलाल सँगै बसी ‘सौफी’ नाम गरेको रक्सी खाएको र सोही समयमा चुरोट हराएको विषयमा एक आपसमा झगडा हुदाँ कुटाकुट भएको अनुसन्धानबाट खुलेको छ । कुटाकुट कै क्रममा नन्दलाले चौधरीको टाउकोमा ढुंगाले हिर्काइ गम्भिर घाइते बनाई फरार रहेका थिए ।

पक्राउ परेका नन्दलाललाई कर्तव्य ज्यान मुद्धामा मुद्धा दर्ता गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.