www.tandavnews.com
Fact ~ In search of truth

विदेश पठाइदिने लोभ देखाई जबरजस्ती वेश्यावृतिमा लगाउन खोज्ने तीन जना पोखराबाट पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

विदेश पठाइदिने भन्दै जबरजस्ती वेश्यावृतिमा लगाउन मोलमोलाई गर्ने तीन व्यक्ति पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीका विदेश पठाईदिने र विदेश जानको लागि लाग्ने खर्च सबै आफुहरुले नै उपलब्ध गराईदिने लोभ देखाउने तीन व्यक्ति पोखरा लेकसाइडबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

पक्राउ पर्नेमा कास्की जिल्ला मादी गाउँपालिका वडा नम्बर १ खेलुङका २१ वर्षीय जीवन नेपाली, काभ्रे पाँचखल ४ तामाघाटका २६ वर्षीय आशिष भुजेल र पोखरा महानगरपालिका वडा नं ४ बगालेटोलकी ३० वर्षीय अन्जु गुरुङ रहेकी छिन् ।

विभिन्न जिल्लाका २ महिलालाई कार्तिक २६ गते पोखरा वडा नं ६ लेकसाईड ल्याई जबरजस्ती वेश्यावृतिमा संलग्न गराउने उद्येश्यले कोठामा राखी बन्धक बनाई शारिरीक तथा मानसिक यातना दिई रकमको मोलमलाई गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुर अन्तर्गत ८ दिन म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.