www.tandavnews.com
Fact ~ In search of truth

बेनी अस्पतालमा थाइराइड उपचार शुरु

म्याग्दी ।

म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा पहिलोपटक थाइराइडको उपचार सुरु भएको छ । अस्पतालले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा सेवा सुचार गरेसँगै म्याग्दीबाट थाइराइडको उपचारका जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

बेनी अस्पतालले बिहीबारदेखि पहिलोपटक जिल्लामै थाइराइडको परीक्षणको शुरुआत गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए । अत्याधुनिक सेवा विस्तारको क्रममा थाइराइडको उपचारको अभावमा समस्या झेल्दै आएका बिरामीलाई लक्षित गरी मेसिन जडानसँगै सेवा शुरू गरिएको उनले बताए । अस्पतालको गुणस्तर राम्रो भएमा मात्र नागरिकको विश्वास आर्जन गर्न सकिने भएकाले थप नयाँ र आधुनिक सेवाहरु समेत थप्ने योजना रहेको उहाँको भनाइ छ ।

Batas

थाइराइड परीक्षण शुरु भएपछि पीडित समेत हर्षित भएको अस्पतालले जनाएको छ । हालसम्म म्याग्दीबाट थाइराइडको उपचारका लागि पोखरा र काठमाडौँ जानुपर्ने बाध्यता रहेको थियो । ‘हाम्रो घाँटीमा हुने यो ग्रन्थीको समस्या धेरै मानिसमा भएपनि परीक्षण नहुँदा अधिकांश रोग पालेर बस्न बाध्य छन्, सेवासँगै रोगका बारेमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ’, अस्पतालका प्रमुख डा .अमृत अधिकारीले भने । यसअघि शल्यक्रियासहितको प्रसुतिलगायतका विभिन्न शल्यक्रियासहितको उपचार सेवा दिँदै आएको बेनी अस्पतालले हालै आँखा उपचार सेवा समेत विस्तार गरेको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.