www.tandavnews.com
Fact ~ In search of truth

गोरखामा पशुपन्छीको बीमा निःशुल्क

गोरखा ।

गोरखा जिल्लामा निःशुल्क पशु बीमा कार्यक्रम शुरु भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत जिल्लाभित्रका पशुपालक किसानका लागि निःशुल्क पशु बीमा कार्यक्रम शुरु गरिएको केन्द्रका प्रमुख डा इन्द्रबहादुर भट्टले जानकारी दिए ।

चालु आर्थिक वर्षदेखि गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरेको ४२ लाख बजेटमार्फत कार्यक्रम शुरु भएको उनले बताए । ‘यसअघि जिल्लाभित्रका पशुपालक कृषकहरुले पशुपन्छी बीमाबापतको रकमको २५ प्रतिशत रकम आफैँले व्यहोर्नु पथ्र्यो’, प्रमुख डा भट्टले भने, ‘अब यो कार्यक्रम लागू भएसँगै कृषकहरुले किसानहरुले पशुवस्तुको बीमा गरेबापत कत्ति पनि रकम तिर्नु नपर्ने भएको छ ।’ निःशुल्क पशुपन्छी बिमा कार्यक्रमअन्तर्गत एकजना किसानले अधिकतम रु एक करोडसम्मको बीमा गराएबापत लाग्ने खर्च कार्यालयले तिरिदिने उनले बताए ।

Batas

बिमा रकम भुक्तानीका लागि किसानले आफ्ना पशुवस्तुको बीमा गरेको कागजात पेश गर्नुपर्ने प्रमुख डा .भट्टले जानकारी दिए । ‘किसानले बिमा कम्पनीमार्फत पशुवस्तुको बीमा गर्छन्, बीमा गरिसकेपछि किसानले बीमाबापत भुक्तानी गरेको नगदी रसिद, बैंक खातासहित कार्यालयमा निवेदन दिनुपर्छ’, उनले भने, ‘त्यसबाहेक कृषि फार्म भए फार्मको दर्ता प्रमाणपत्र र व्यक्ति भए नागरिकता उपलब्ध गराएपछि प्रक्रिया पु¥याएर रकम भुक्तानी गरिदिन्छौँ ।’

कार्यक्रम शुरु भएलगत्तै १२ जना कृषकहरुले आफ्ना पशुवस्तुको निःशुल्क बीमा गराइसकेको उनले जानकारी दिए । त्यसबापत किसानलाई एक लाख ८२ हजार २७९ भुक्तानी भइसकेको छ । अहिलेसम्म गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकाका किसानले आफ्ना पशुवस्तुको निःशुल्क बीमा गराइसकेको उनको भनाइ छ ।

अहिलेसम्म निःशुल्क बीमा गर्नेहरुमा कुखुरापालक किसान बढी रहेको प्रमुख डा .भट्टले बताए । निःशुल्क पशुपन्छी बीमा कार्यक्रमका लागि प्रदेश सरकारबाट ४२ लाख बजेट प्राप्त भएको उनले जानकारी दिए। ‘अहिलेसम्म कति जना किसानका पशुपन्छी निःशुल्क बीमा गरिदिने भन्ने छैन’, प्रमुख डा भट्टले भने । उनले अहिलेसम्ममा किसानले करिब आठ लाखबराबरको निशुल्क बीमा गराइसकेको जानकारी दिए । गोरखामा पोटेन्सियल जनरल इन्स्युरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्युरेन्स कम्पनीले पशुपन्छीको बीमा गराउँदै आएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.