www.tandavnews.com
Fact ~ In search of truth

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत पोखराका दुई संक्रमितको मृत्यु

कास्कीका ६१ सहित गण्डकीमा थपिए ७९ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा थप दुई संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका १४ का ६७ वर्षीय महिला र वडा १५का ५४ वर्षीय संक्रमित महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

Batas

उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय १६ पुगेको छ । भने कास्की जिल्लामा मात्रै ५३ संक्रमितले ज्यान गुमाएका छन् ।

यसैबीच गण्डकी प्रदेशमा ७९ संक्रमित थपिएका छन् । निर्देशनालयको अनुसार प्रदेशका ७ जिल्लाका गरि ७९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा कास्कीका ६१ जना, बागलुङका १, लमजुङका १, म्याग्दीका १, स्याङ्जाका ६,नवलपरासीका ५ र तनहुँका ४ जना रहेका छन् ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ९ हजार ९ सय ८२ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.